भारतीय क्रिकेटर धोनी मस्ती गर्दै, भाइरल भयो यस्तो भिडियो ! (भिडियोसहित)

एजेन्सी, १९ पुस । भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले आफ्नो खेललाई केहि समयको लागि ब्रेक लगाएर परिवारलाई समय दिइरहेका छन् ।

उनि यतिबेला आफ्नो परिवारसंग घुमघाममा ब्यस्त रहेको भर्खरै सार्बजनिक भएको भिडियोबाट प्रष्ट हुन्छ । उक्त भिडियोमा धोनी आफ्नी छोरी जीवासँग स्वीमिङ पुलमा मस्ती गरिरहेका छन् । नजिकै उनले पालेको कुकुर पनि भिडियोमा देख्न सकिन्छ ।

धोनीले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल १ नोभेम्बर २०१८ मा खेलेका थिए । अब उनी अष्ट्रेलिया विरुद्धको वन डे सीरीजमा टिम इण्डियाका लागि फेरि खेल्नेछन् ।

टीम इण्डिया अष्ट्रेलिया विरुद्ध १२ जनवरीमा तीन खेलको वन डे सीरीज खेल्दैछ। यो खेल १२, १५ र १८ जनवरीमा सिड्नी र एडिलेडमा खेलिँदैछ । योसँगै भारतको दुई महिनाको यात्रा पनि पूरा हुनेछ ।

धोनीको भाइरल भिडियो हेर्नुहोस् :