पुरुषभन्दा महिलाको धड्कन छिटो चल्छ ! कारण यस्तो छ

एक अध्ययन अनुसार महिला पुरुषभन्दा चाँडै थाक्ने थाक्ने गरेका छन् । अध्ययनमा भनिए अनुसार महिलाको शरीरको घडि पुरुषको शरीरको घडीको तुलनामा १.७ देखि २.३ घण्टा तिव्र चल्ने गर्छ । जस कारण महिलाहरु पुरुषको तुलनामा चाँडै थाक्छन् र साँझ पर्ने वित्तिकै उनीहरुलाई निद्रा लाग्न थाल्छ ।

यो अध्ययन क्यानडा स्थिति ल्याकेस्टर यूनिभर्सिटी मेडिकल स्कूलका अध्ययनकर्ताहरुले गरेका हुन् । अध्ययनमा भनिएको छ, ‘पुरुष र महिलाको शरीर एकदमै फरक–फरक प्रक्रियाले काम गर्छ । पुरुषको तुलनामा महिलाको शारीरिक घडी १.७ देखि २.३ घण्टा छिटो चल्ने गर्छ । उनीहरुको धड्कन पनि पुरुषको तुलनामा बढी तिव्र गतिमा चल्ने गर्छ ।’ अध्ययनकर्ताहरुले यसको प्रमुख कारण महिलाहरुको सेक्स हर्मोन भएको बताएका छन् ।

विशेषज्ञहरुका अनुसार, सेक्स हर्मोनका कारण हामी परेला झिम्काउँछौँ, हाम्रो पाचनक्रियाले काम गर्छ, धड्कन चल्छ र कपाल सेतो अर्थात् फुल्ने हुन्छ । त्यस कारण महिलालाई पुरुषको तुलनामा चाँडै थकान महशुस हुन्छ । महिला र पुरुषमा हर्मोनको मात्रा पनि छुट्टा–छुट्टै हुनाले धेरै काम क्रियाकलाप भिन्न–भिन्न हुन्छन् । जस्तैः पुरुषमा पाचनक्रिया, महिलाको भन्दा छिटो हुन्छ, पुरुषको कपाल महिलाको भन्दा छिटो बढ्ने गर्छ ।

तिव्र गतिमा चल्छ महिलाको धड़्कन

महिलाको मुटु पुरुषको भन्दा सानो हुन्छ । पुरुषको मुटु १८० ग्रामको हुन्छ भने महिलाहरुको मुटु मात्र १२० ग्रामको हुन्छ । पुरुषको भन्दा महिलाको मुटु आकारमा सानो भएको कारणले महिलाको मुटु तिव्र गतिमा धड्कने गर्छ । अर्थात् पुरुषको मुटु एक मिनेटमा ७० देखि ७२ पटक धड्किन्छ भने महिलाहरुको मुटु एक मिनटमा ७८ देखि ८२ पटक धड्किन्छ ।
(एजेन्सीको सहयोगमा)