खुट्टा बाउँडिने वा छेपारीको मासु किन फर्किन्छ ? यसको कारण र समाधान बारे जान्नुहोस

काठमाडौँ । प्राय जसो तपाईं हामी मध्य धेरैलाईखुट्टा बाउँडिने अथवा मासु फर्किने समस्याले सताउने गर्दछ । तर त्यो किन हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । यसबारेमा जानेर साबधानी अपनाए त्यो समस्याबाट छुटकारा पाउन सकिनेछ । यदि तपाईलाई पनि यस्तो समस्या हुने गर्छ भने निम्न कुरामा ध्यान दिनु जरुरी छ :

मांसपेशी बाउँडिने अथवा फर्कने कारणहरु यस्ता छन्

पानीको कमीः शरीरमा पानीको कमीले गर्दा पनि मानिसहरुलाई मांसपेशी बाउँडिने समस्या हुने गर्छ । शरीरमा पानी कम हुँदा शरीरमा पौष्टिक तत्वको कमी हुन्छ । शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले गर्दा इलेक्ट्रोलाईको मात्रा विग्रने हुँदा यो समस्या उब्जन्छ । बसाई नमिलेमाः हामीमध्य धेरैजसो बसाईंमा त्यति ध्यान दिँदैनौ । जसले गर्दा शरीरमा बसाईंको तालमेल मिल्दैन ।

यसल शरीरको एउटा भागमा मात्र प्रेसर पर्न गई उक्त भागमा पोषण लगायतको अक्सिजनको कमी भएर मासु बाउँडिने गर्दछ । रक्तसञ्चार राम्रे नभएमाः शरीरमा रक्त सञ्चार राम्ररी नभएमा पनि मासु बाँउडिने गर्दछ ।

यसको रोकथामका लागि उक्त भागलाई कस्ने भन्दा पनि तातो लगाएर रक्त सञ्चारलाई प्रभावकारी बनाउनु पर्दछ । पोटासियमको कमीः पोटासियमको कमीले पनि शरीरमा इलेक्ट्रोलाईटको मात्रा विग्रन्छ ।

जसले गर्दा खुट्टा बौडिने, मासु फर्कने लगायतका समस्या देखा पर्छ । यसबाट बच्न तथा शरीरमा पोटासियमको मात्रा बढाउन केरा, पात भएका तरकारी, ड्राई फुड्स लगायतका पोटासियमयुक्त खाना खानु उचित हुन्छ । यी सबै कुराहरुमा ध्यान दिएमा यो समस्याबाट सजिलै छुटकारा पाउन सकिनेछ ।