लामो समय गुमनाम चर्चित लोक गायक राजु परियार आए चर्चित कार्यक्रम इन्द्रेणीमा, दोहोरीमा पर्यो हम्मेहम्मे (भिडियो हेर्नुहोस)

काठमाडौँ । लोक तथा दोहोरी गीतका बादशाह राजु परियार पछिल्लो समय त्यती देखीदैनन् । उनी नेपाली लोक संगीतबाट हराउँदै गएको आरोप लगाउनेहरु धेरै छन् । करिब १५ हजार भन्दा बढी नेपाली लोक तथा दोहोरी गीतमा आवाज दिईसकेका छन राजु परियारले ।

केही बर्ष पहिले राजु परियारको नाम नभएका एल्बमहरु बिक्री हुन गाह्रो हुन्थ्यो जति बेला गीतहरु रिल तथा चक्का प्रबिधिमा थिए । पछिल्लो समय उनले दारौं सिरुवारी गीत बजारमा ल्याए जुन सर्वा्धिक चर्चा पाएको गीत हो । सामाजिक चेतनाका गीतहरुमा पनि उनले उत्तीकै आवाज दिएका छन् र आफैले पनि प्रस्तुत गरेका छन् । सुनपानीले छर्क मायालु.. रुमाल धोको छु जस्ता समाजिक चेतनाका गीतहरुपनि उनको चर्चित गीत हुन् ।

पछिल्लो समय बिदेशका कार्यक्रममा बढी व्यस्त हुने गरेका छन राजु परियार ।  उनै राजु परियारलाई कृष्ण कडेलद्वारा संचालित चर्चित कार्यक्रम इन्द्रेणीमा भेटिएको छ । राजु लगायत अन्य कलाकारसंगको निक्कै रमाइलो दोहोरी यस कार्यक्रममा हेर्न सकिने छ । पुरा भिडियो हेर्नुहोस ।