२७ जना चालक दल सहित २ हजार वटा अरबौ मूल्य पर्ने बहुमूल्य कार बोकेको जहाज समुद्रमा डुबेपछि …!

एजेन्सी, ९ चैत्र । २ हजार वटा बहुमूल्य कार बोकेको जहाज मंगलबार आन्ध्र महासागरामा डुबेको छ ।

ब्राजिलबाट इटाली गईरहेको इटालियन मालबाहक पानी जहाज गत मंगलबार समुन्द्रमा डुबेको हो ।

उक्त पानी जहाजमा डेलिभरी गर्नका लागि ल्याइएका ती कारमध्ये ३७ वटा पोर्शे ब्राण्डका कार थिए, जसको मूल्य करोडौँ पर्दछ । त्यस्तै आउडी कम्पनीका बहूमूल्य कारहरु पनि रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् ।

जहाज दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन् । जहाजमा रहेका २७ जना चालक दलका सदस्यहरुलाई बेलायती सैनिक उद्धार टोलीले सकुशल उद्दार गरेको थियो ।

जहाज आफ्नो पूर्व निर्धारित दिशामा फ्रान्सको ब्रेस्टबाट दक्षिण पश्चिम दिशामा चलिरहेको बेला अकस्मात जहाजमा आगो लागेर केही बेरमै समुद्रमा डुबेको थियो ।

उक्त दुर्घटनाबाट जर्मन कम्पनी प्रोर्शेलाई ठूलो घाटा लागेको छ । उसले आफ्ना ग्राहकहरुलाई नयाँ मोडलको कार प्राप्त गर्न केही समय कुर्नुपर्ने जनाएको छ ।