फुलचोकी मिडियाका संचालक र परी तामाङ पक्राउ परेपछि आफुलाई पनि पक्राउ गर्ने समाचार बाहिरिएपछी सोनीका रोकाया रुदै आइन र वाउ नेपाल र आफ्नो बारे यसरी स्पष्टिकरण दिइन (भिडियो)

काठमाडौं, ८ चैत्र । सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुर्‍याउने सामग्री र उत्तेजक अन्तरवार्ता लिने फुलचोकी नामक युट्युब च्यानलका संचालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र मोडल परी तामाङ पक्राउ परेका छन । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेका छन ।

यहि विषयलाई जोडेर अर्की चर्चित युट्युबर सोनीका रोकायालाई पनि प्रहरीले पक्राउ गर्ने लिस्टमा राखेको छ भन्दै विभिन्न वेबसाइटले समाचार लेखे पछी सोनिकाले यसको स्पष्टिकरण दिएकी छन । बिगतमा वाउ नेपाल नामक युट्युब च्यानल मार्फत अश्लिल र दुइ अर्थ लाग्ने शव्द प्रयोग गर्दै अन्तर्वार्ता लिए पछी उनि विवादित बनेकी थिइन । उनको अन्तर्वार्तामा प्रसंसा भन्दा गाली बढी आउन थालेपछि विक्षिप्त भएर उनि विदेशिएकी समेत थिइन । तर पछी उनि पुन नेपाल फर्किएर द शोनिका शो नामक युत्युब च्यानल संचालन गर्दै आएकी छिन । यस च्यानलमा भने उनले धेरै सुधार गरिसकेकी छिन ।

आफ्नो बारेमा गलत समाचार आएपछी सोनिकाले यसबारे यसरी स्पष्टिकरण दिएकी छिन । भिडियो हेर्नुहोस :