नेपालि कामदार जापान लैजाने हलै-हल्ला बीच वैदेशिक रोजगार विभागले निकाल्यो एस्तो सूचना ! (सूचना सहित)

काठमाडौँ | जापान सरकारले नेपाली कामदार लैजाने तयारी गरिरहेको प्रति वैदेशिक रोजगार विभाग आफ्नो धारणा सार्वजनिक गरेको छ। औपचारिक रुपमा नेपाल सरकारले अहिले सम्म कुनै निर्णय गरिनसकेको बताउँदै विभागले जापानको रोजगारीका विषयमा आएको हल्लाको पछि नलाग्न आग्रह पनि गरेको छ।

नेपाल सरकार र जापान सरकार बीच सरकारी स्तरमा श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने विषयमा छलफल र संवाद मात्रै भैरहेको हुँदा हल्लाको पछि नलाग्न सर्वसाधारणलाई विभागले अनुरोध गरेको छ।

सरकारले यस विषयमा केही आधिकारिक निर्णय गरिनसकेको अवस्थामा जापान रोजगारीमा पठाउने भन्दै राहदानी संकलन गर्ने व्यक्ति तथा संस्थामाथि कारबाही हुने व्यहोरा एक सूचना मार्फत सबैमा जानकारी गराएको हो।

विभिन्न स्तरबाट जापानमा कामदार पठाउने श्रम अनुमति खुलेको भन्दै विज्ञापन गरेको प्रति ध्यानाकर्षण भएको भन्दै विभागले सम्पूर्णलाई हल्लाको पछि नलाग्न आग्रह गरेको हो।