इराकमा २०० जना सवार डुंगा दुर्घटना : ८० जनाको शव फेला, अन्य बेपता !

एजेन्सी, ८ चैत्र । नयाँ वर्ष मनाउन गएकाहरु चढेको डुंगा दुर्घटना हुँदा ८० जनाको मृत्यु भएको छ ।

इराकको मोसुल शहरस्थित टाइग्रिस नदीमा डुंगा दुर्घटना हुँदा डुंगामा सवार करिब २ सय जना मध्ये १९ बालबालिका र ६१ महिलाको शव फेला परेको हो ।

इराकको मोसुल शहरबाट करिब ४ किलोमिटर टाढा रहेको एक पर्यटकीय टापुमा भएको डुंगा दुर्घटनामा परेकाहरु मध्ये ५५ जनाको जिवितै उद्धार गरिएको छ ।

स्थानीय संचारमाध्यमकाअनुसार प्रहरीले डुंगामा सवार अन्यको खोजि कार्य गरिरहेको छ भने १०० जना भन्दा बढीको ज्यान गईसकेको अनुमान गरिएको छ ।

इराकी अधिकारीहरुले मोसुल बाँधको ढोका खोलिएका बेला नदीमा पानीको सतह बढेको बताएका बेला एउटै डुंगामा ठूलो संख्यामा मानिसहरु राखेर जाँदा डुंगा दुर्घटना भएको बताएका छन् ।