पहिलो पटक दौरा सुरुवाल र टोपी लगाउँदा यस्ता देखिए अनमोल !(भिडियो सहित)

काठमाडौं, ८ चैत । चलचित्र ‘ए मेरो हजुर ३’ को दोस्रो गीत रिलिज भएको छ । शुक्रबार युट्युबमार्फच ‘प्राण प्राण संसार यस्तै रै छ प्राण…’ बोलको लोकदोहोरी शैलीको गीत सार्वजनिक भएको हो ।

यस गीतलाई आनन्द अधिकारीले लेखेका छन् भने आशीष अविरलको स्वर र संगीत रहेको छ । आशीषलाई पाश्र्व गायनमा अञ्जु पन्तले साथ दिएकी छन् ।

गीतमा अनमोल केसीले दौरा सुरुवाल र ढाकाटोपी लगाएर नायिका सुहाना थापासँग नृत्य गरेका छन् । गीतमा सलोन बस्नेत पनि अभिनयमा रहेका छन् ।

चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् भने निर्माण सुनिलबहादुर थापाले गरेका छन् । यस चलचित्र चैत्र महिनाको अन्तिम शुक्रबार रिलिज गरिने छ ।

भिडियो हेर्नुहोस्-