शुक्र ग्रहको वृश्चिक राशिमा प्रवेश गर्दै, यी राशिलाई फाइदै फाइदा

ज्योतिष शास्त्रीहरुका अनुसार आज जनवरी २ को दिन शुक्र ग्रहले आफ्नो राशि परिवर्तन गर्दै छ। आज राति ८ बजेर ५४ मिनेट देखि शुक्र ग्रह वृश्चिक राशिमा प्रवेश गर्दैछ। साथै शुक्र अब आउने २९ जनवरीसम्म वृश्चिक राशिमा हुनेछ। शुक्र ग्रहको राशि परिवर्तनको कारण कुन राशिलाई कस्तो असर पर्छ हेर्नुहोस् :

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ ( aries)

शुक्रको यस राशिमा स्थान : आठौँ भाव

शुक्र ग्रहको राशि परिवर्तनको कारण मेष राशि हुनेहरुलाई आर्थिक, शारीरिक मात्र नभई सामाजिक लाभ मिल्नेछ। यात्राको सम्भावना पनि रहन सक्ला। स्त्री वर्गको सहयोगको कारण आर्थिक लाभ मिल्न सक्ला। शारीरिक रूपमा आफैं सक्षम महसूस हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शुक्रको यस राशिमा स्थान : सातौं भाव

शुक्र ग्रह वृश्चिक राशिमा हुने समय सम्म यस राशि हुनेहरुलाई हरेक तरिकाको सुख मिल्नेछ। विलासिता सम्बन्धित समान खरिदमा आर्थिक खर्च हुने भएता पनि व्यवसायबाट आर्थिक रुपमा उल्लेख्य लाभ मिल्नेछ। पत्नी अथवा प्रेमिकाको सम्बन्धको कारण उत्साह बढ्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

शुक्रको यस राशिमा स्थान : छैठौं भाव

शुक्र वृश्चिक राशिमा रहेको कारण यस राशि हुनेहरुलाई दुख मिल्न सक्ला। शारीरिक मात्र नभई मानसिक रुपमा पनि समस्या देखा पर्नेछन्। आर्थिक कार्य गर्दा धेरैनै संयमित रहनु भएको उचित हुनेछ। यस समय अन्तरालमा स्त्री वर्गबाट अपमान हुन सक्ला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शुक्रको यस राशिमा स्थान : पाँचौं भाव

शुक्र वृश्चिक राशीमा हुँदा सामान गराउने अथवा चोरी हुने सम्भावना देखिन्छ। निजी धन प्रति ध्यान दिनु पर्ने समय रहनेछ। प्रेमी टाढा हुनाले मानसिक रुपमा केहि असहजता उत्पन्न हुनेछ। तर स्वास्थ्यको हिसावले साथै आर्थिक हिसावले समय राम्रै रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo )

शुक्रको यस राशिमा स्थान : चौथो भाव

शुक्र ग्रह वृश्चिक राशिमा रहँदा यस राशि हुनेहरुलाई धेरै फरक प्रकारको असर पर्न सक्ला। दुखमा दुख थपिन सक्ला भने सुखमा झनै सुख बढेर जानेछ। महत्वपूर्ण गर्ने समयमा केहि संयमता पक्कै अपनाउनु होला। यात्रा गर्नको लागि उचित समय र मौका मिल्नेछ। स्वास्थ्य सामान्य रहला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शुक्रको यस राशिमा स्थान : तेस्रो भाव

शुक्र वृश्चिक राशिमा रहुन्जेल यस राशिहुनेहरुको प्रेम जीवन दुखदायी हुने देखिन्छ। आफ्नै भनिएकाहरुबाट धोका मिल्न सक्ला। तर आर्थिक रुपमा भने समय सुखद रहन सक्ला। जागिरको शिलशिलामा सफल यात्रा हुनेछ। निर्णय लिने समयमा केहि सावधानी अपनाउनु पर्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

शुक्रको यस राशिमा स्थान : दोस्रो भाव

शुक्र वृश्चिक राशिमा प्रवेश गर्नाले यस राशि हुनेहरुलाई आर्थिक रुपमा समय धेरै सुखद हुनेछ। धन सुख-सुविधामा खर्च हुनेछ भने परिवारको खुशीको लागि आर्थिक खर्च बढ्न सक्ला। सामाजिक मात्र नभई राजनीतिक रुपमा उल्लेख्य सफलता मिल्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शुक्रको यस राशिमा स्थान : पहिलो भाव

शुक्र यसै राशिमा प्रवेश गर्ने हुँदा अत्यन्तै शुभ परिणाम मिल्नेछ। धर्म कर्ममा समय व्यतित हुनेछ। साथै मनोरन्जनको लागि पनि उचित मौका मिल्न सक्ला। प्रेम सम्बन्धको कारण जीवनमा धेरै परिवर्तन हुनेछ। साथै सरकारी स्तरबाट सम्मान पनि मिल्ने देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius )

शुक्रको यस राशिमा स्थान : बार्हौं भाव

शुक्रको राशि परिवर्तनको कारण वैवाहिक जीवन सुखमय बित्नेछ। परिवारबाट भनेको जस्तै सहयोग मिल्नेछ। नयाँ योजना हात लाग्न सक्ला। साथै नयाँ कार्य थालनीको लागि उचित वातावरण बन्न सक्ला। खर्चमा भने केहि नियन्त्रण राख्नु बुद्धिमानी सावित हुनेछ। यात्रा सुखद हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

शुक्रको यस राशिमा स्थान : एघारौं भाव

शुक्र ग्रहको राशि परिवर्तनको कारण धन आर्जन गर्ने नयाँ बाटो फेला पर्नेछ्न्। तर खर्चमा नियन्त्रण नहुँदा भने आर्थिक रुपमा समस्या बढ्नेछ। विलासिता देखि टाढा रहनु होला। निर्धारित कार्य समयमा सम्पन्न हुँदा प्रसंशा मिल्नेछ। बिनाकारण मन बिचल्लित हुन सक्ला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (aquarius)

शुक्रको यस राशिमा स्थान : दशौँ भाव

शुक्र ग्रहको राशि परिवर्तनको कारण कुम्भ राशि हुनेहरुलाई अतिनै दुख मिल्ने देखिन्छ। दैनिकीमा भएको लापरवाहीको कारण स्वास्थ्यमा समस्या उत्पन्न हुनेछ । प्रेम जीवनमा भने लाभ मिल्नेछ। सहयोग चाहेको ठाउँबाट असहयोग हुन सक्ला। स्वचालित रुपमा कुनै पनि प्रकारको निर्णय नलिनु होला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

शुक्रको यस राशिमा स्थान : नवौं भाव

शुक्र ग्रह वृश्चिक राशिमा रहुनजेल सामाजिक रुपमा सफलता मिल्नेछ। सामाजिक रुपमा सम्मान मिल्न सक्ला। खेलाडीहरुको लागि पनि शुक्र ग्रहको राशि परिवर्तन लाभदायी हुनेछ। अध्ययनमा सफलता मिल्न सक्ला भने शैक्षिक यात्राको अवसर समेत प्राप्त हुनेछ। व्यवसायीहरुलाई पनि उल्लेख्य लाभ मिल्नेछ।