सधै खुसियाली सुमधुर सम्बन्ध बनाउन चाहानु हुन्छ भने यसो गर्नुहोस ! हरेक दम्पतिले बुझ्नु पर्ने कुरा

सबै दम्पति सुखमय र सम्बन्धलाई प्रगाढ सुख्मयी बनाउन चाहान्छन । दाम्पत्य सम्बन्धलाई सुमधुर र सुखी राख्नका लागि एकअर्काप्रति दर्बिलो विश्वास, भरोसा, आत्मियता हुनुपर्छ । त्यससँगै एकअर्कालाई माया आत्मसाथ गर्नु पर्छ ।सधिया एक अर्काप्रति चासो जगाउने व्यवहारहरु गर्नु पर्दछ । जसले सम्बन्ध झन् मजबुद हुन्छ । पारिवारिक स्वास्थ्य स्थिति देखि सम्पूर्णकोराहरुको ध्यान राखियो भने पनि माया धेरै बढ्छ ।

– परिवारमा कसमा कस्तो स्वास्थ्य समस्या छ, यसको जानकारी हुनैपर्छ । मधुमेहदेखि उच्च रक्तचाप जस्ता समस्याले कोहि न कोहि ग्रसित हुनसक्छन् ।

– आफ्नो परिवारका स्वास्थ्य स्थितीबारे बेलावखत छलफल गर्नुपर्छ ।

– परिवारको रोगबाट वेवास्ता गरियो भने त्यसको प्रभाव दोस्रो पुस्तामा समेत देखिन सक्छ । तपाईको बच्चाले जन्मदै रोग लिएर आउन सक्छ ।

– परिवारका सदस्य बेला बेलामा आफुनो स्वास्थ्य जाँच गराउनुपर्छ । साथै विज्ञको परामर्श पनि लिनुपर्छ ।

– अक्सर एकसाथ भएर पनि थाहा हुँदैन कि, पार्टनरको शरीर कति भद्दा भइसक्यो भन्ने कुरा ।

– यदि पार्टनरको तौल अनियन्त्रित रुपमा बढ्दैछ भने त्यसलाई नियन्त्रण गर्न तपाईले सहयोगी भूमिका खेल्नुपर्छ ।

– यदि तौल बढिरहेको छ भने डाइट प्लान बनाउने, व्यायाम गर्ने कामलाई निरन्तरता दिनुपर्छ ।

– सुत्ने बानीमा परिवर्तन हुँदैछ भने, सर्तक हुनुपर्छ । किनभने पार्टनर मानसिक चिन्तामा पो छन् कि ?

– यदि पार्टनर लगातार तनावमा छन् भने उनीहरु सुत्न सक्दैनन् । उनीहरु विस्तारै विस्तारै आक्रमक र रिसाह हुँदै जान्छन् ।

– पार्टनरसँग बुझ्नुपर्छ कि, उसलाई के कुराले चिन्तित बनाएको छ ?

– पार्टनरलाई आवश्यक सल्लाह, सुझाव दिने र हौसला बढाइदिने काम गर्नुपर्छ ।

पार्टनरलाई कुनै यौनजन्य रोग छ कि ?

– पार्टनरलाई यौनजन्य रोग भएर पनि त्यसलाई लुकाउन सक्छ । तर, यस्तो कुरा पार्टनरबीच खुलस्त हुनुपर्छ ।

– पार्टनरलाई यौनजन्य रोग भए दुबै मिलेर त्यसको निदान खोज्नुपर्छ ।

– पार्टनर किन र्झकन्छ, किन चाडै रिसाउँछ ? त्यसको कुनै न कुनै कारण हुनसक्छ ।

– पार्टनर रिसाएको बेला बादबिवाद गर्ने भन्दा बरु रिसाउनुको कारण खोज्नुपर्छ । यसले सहि निकास निकाल्न सजिलो हुन्छ ।

– पति पत्नी मानसिक रुपले पनि स्वस्थ्य हुनुपर्छ ।