पोर्नस्टार मिया खलिफाले गरिन् इंगेजमेन्ट, इंगेजमेन्टको खबरले दुनियाँ चकित !

काठमाडौं, ७ चैत्र । चर्चित पोर्नस्टार मिया खलिफाले इंगेजमेन्ट गरेको खबरले धेरैलाई आश्चर्यमा पारेको छ । हालै मियाले ब्वाईफ्रेन्ड रोबर्ट सेण्डबर्गसँग शिकागोमा डिनरका लागि गएकी थिइन् । यही क्रममा उनलाई उनका ब्वाइफ्रेण्डले प्रपोज गरेको र उनले सहमति जनाएको बताइएको छ ।

मिया खलिफाले इन्स्टाग्राममा एक फोटो शेयर गर्दै इंगेजमेन्टको जानकारी दिएकी हुन् । फोटोमा उनको हातमा हीराको औंठी देखिएको छ ।

रोबर्टले पनि इन्स्टाग्राममा आफूले प्रजोज गरेको र मियाले सहमति जनाएको उल्लेख गरेका छन् । कमैलाई मात्र थाहा छ कि मियाको यो दोस्रो बिहे हो ।

यसअघि मियाले आफ्ना हाइस्कुलका साथीसँग २०११ मा बिह गरिसकेकी थिइन् । करिब ५ वर्षपछि उनीहरुले सम्बन्धविच्छेद गरेका थिए ।