निक र प्रियंकाको दुवै हातमा लड्डु : निक जोनस विश्वकै उत्कृष्ट गायकको पहिलो नम्बरमा पर्दा प्रियंका चोपडा परिन् विश्वकै शक्तिशाली महिलाको सूचीमा !

एजेन्सी, ७ चैत्र । पुर्व मिस वर्ल्ड तथबलिउद् अभिनेत्री प्रियंका चोपडा विश्वकै शक्तिशाली महिलाको सूचीमा पर्न सफल भएकी छन् ।

प्रियंकाले विश्वभरमा मनोरञ्जनको क्षेत्रमा उत्कृष्ट ५० मा आफ्नो नाम जमाउन सफल भएकी हुन् ।

प्रियंकासँगै चर्चित अभिनेत्री ओपरा बिन्फ्रे र मेरिल स्ट्रीप पनि सो सूचिमा पनै सफल भएका छन् ।

प्रियंका ‘युएस टूडे’को मनोरञ्जन क्षेत्रको ‘शक्तिशाली ५० महिला’को सूचीमा समावेश भएसँगै उनको चर्चा झनै चुलिएको छ । प्रियंकाले सूचीमा समावेश हुन पाउँदा सम्मानित महसुस भएको प्रतिक्रिया दिएकी छन् । उनले भनिन्, ‘अद्भुत महिलाहरुसँग यो सूचीमा अट्न पाउँदा आफूलाई सौभाग्यशाली महसुस गर्दछु ।

त्यस्तै, गायिका बियोन्से, टेलिभिजन स्टार इलन डिजेनेर्स, ओस्कार विजेता जेनिफर लवरेन्स पनि सो सूचीमा छन् । केही दिनअघि मात्र अभिनेत्री प्रियंका चोपडाका पति निक जोनस विश्वकै गायकमध्ये पहिलो नम्बरमा थिए ।