निकिता पौडेलको जागिर केशव भट्टराईले खाइदिए !

काठमाडाैँ, ७ चैत । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा निर्माता केशव भट्टराई नियुक्त भएका छन् ।

तत्कालिन अध्यक्ष निकिता पौडेलले राजिनामा दिएपछि रिक्त रहेको बोर्डको अध्यक्षमा उनलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको हो ।

चलचित्र निर्माता संघको वरिष्ठ उपाध्यक्षसमेत रहेका अध्यक्ष भट्टराईले अब २ बर्ष चलचित्र विकास बोर्ड हाँक्नेछन् । निकिता पौडेलले केही महिना अगाडि राजीनामा दिएर पत्रकार रबि लामिछानेसँग विवाह गरेपछि चलचित्र विकास बोर्ड अध्यक्षविहीन थियो ।

चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि निर्माता संघका बरिष्ठ उपाध्यक्ष तथा फिल्म निर्माता केशव भट्टराईलाई नेकपा निकट चलचित्र क्षेत्रका सल्लाहकार संयोजक दिनेश डिसी र नेकपाको जनसाँस्कृतिक संघको तर्फबाट अध्यक्ष खगेन्द्र राईले संयुक्त रुपमा सिफारिस गरेका थिए ।