परी तामाङपछि प्रहरीको निशानामा सोनिका रोकाया रहेको सनसनीपूर्ण खुलासा !

काठमाडौं, ७ चैत्र । केहि दिन अघि यूट्यूव च्यालन मार्फत अश्लील अन्तरवार्ता प्रशारण गरेको आरोपमा फुलचोकी मिडियाका सञ्चालक राजकुमार कुँवर र विवादास्पद मोडल परी तामाङलाई पक्राउ गरेको प्रहरी अब अश्लील इन्टरभ्यु लिने र दिने पात्रको खोजी गरिरहेको छ ।

यूट्यूवमा दिअर्थी लाग्ने अन्तरवार्ता लिने अर्की यूट्यूवर सोनिका रोकाया पनि अहिले प्रहरीको खोजीको सूचीमा रहेको संचारमा जनाइएको छ ।

वाउ नेपाल मार्फत विभिन्न महिला एवं पुरुषको अन्तरवार्ता प्रस्तुत गर्दै आएकी सोनिकाले दुइअर्थी लाग्ने अन्तरवार्ता लिने गरेकी थिइन् । उनका कतिपय अन्तरवार्तामा अश्लीलल शब्द समेत सुनिन्छ । यद्यपी सोनिकाले अहिले उक्त युट्युब च्यानलमा कार्यक्रम चलाउन छोडीसकेकी छिन् ।