कर्नाटकमा भवन भत्किदा चेपिएएर ७ जनाको मृत्यु, ६१ जनाको जिवितै उद्दार

एजेन्सी, ७ चैत्र । भारतको कर्नाटक राज्यस्थित धारवादमा गत मङ्गलबार एक घर भत्किँदा मारिने व्यक्तिको संख्या सात पुगेको छ । भने भवन भत्किंदा पुरिएका ६१ जनाको जीवितै उद्धार गरिएको छ ।

भारतीय वायुसेनाले निर्माणाधीन घरले थिचेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि दुई वटा टोलीलाई हवाई जहाजबाट घटनास्थलमा पु¥याएको थियो । खोजी तथा उद्धार कार्य अझै जारी छ ।

कर्नाटक राज्यका मुख्यमन्त्री एचडी कुमारास्वामीले खोज तथा उद्धारको कार्य युद्धस्तरमा भइरहेको जानकारी दिए । सरकारले उक्त घटनाको सूक्ष्म अध्ययन अनुसन्धान थालिसकेको जनाएको छ ।