अमेरिकाको एक टेलिभिजन कार्यक्रममा ४ जना खैरेनीले प्रियङ्कालाई घेरेर निकसँगको वैवाहिक जीवनबारे प्रश्नले च्यापेपछि प्रियंकाले बाध्य भएर भनिन् -“म खराब पत्नी हुँ” ! (भिडियोसहित)

एजेन्सी, ७ चैत्र । केहि समय अगाडी विवाह बन्धनमा बाँधिएका बलिउडकी चर्चित अभिनेत्री प्रियङ्का चोपडा र अमेरिकी गायक निक जोनस विभिन्न कारण पटक पटक चर्चामा आइरहन्छन् । केहि दिन अगाडी मातै निक्का पुर्वप्रेमिका र निकबिच भएको च्याटलाई प्रियंकाले देखेको कुरा पनि संचारमाध्यममा आएको थियो ।

पछिल्लो समय भने प्रियङ्का अमेरिकाको ‘द भ्यु’ नामक एक शोमा बोलेको केही कुराहरु चर्चामा आएका छन् । उनले अमेरिकी च्याट शो ‘द भ्यु’ मा आफु निकको लागी खराब पत्नी भएको बताएकी छिन् । उनले भनिन् म निकै खराब पत्नी हुँ , किनभने मलाई खाना पकाउन आउदैन् । निक अमेरिकाको यस्तो घरको छोरा हुन् । जसको घरमा आमाले मिठो खाना पकाउनुहुन्छ । उनी आफैमा राम्रो कुक हुनुहुन्छ । तर मलाई भने केवल अण्डा र टोस्ट वाहेक केही बनाउन आउदैन् ।

त्यस्तै प्रियङ्काले आफ्नो निकसँगको बिहे अगाडिको प्रेमसम्बन्धलाई सम्झदै यस्तो अनौठो कुरा पनि बताइन् । जब मैले निकलाई मलाई खाना बनाउन आउदैन् भने , त्यसपछि उता निकले पनि केही छैन वेब , मलाई पनि आउदैन् । भनेको बताए ।

भिडियो हेर्नुहोस्-