समुन्द्रमा पौडीरहेकी महिलालाई तीन वटा व्हेलले घेरेको भिडियो सामाजिक संजालमा भाइरल ! (भिडियो सहित)

एजेन्सी, ७ चैत्र । यतिबेला समुन्द्रमा पौडीरहेकी एक महिलालाई तीन व्हेलले घेरेको भिडियो सामाजिक संजाल र अन्तराष्ट्रिय मिडियाहरुमा भाइरल भएको छ ।

न्यूजिल्याण्डको स्थानीय समुन्द्रमा पौडीरहेकी महिलालाई तीन व्हेलले घेरेको दृश्य एक अष्ट्रेलियन पर्यटकले ड्रोन क्यामराको मद्दतले खिचेका हुन् ।

समुन्द्रमा तीन व्हेलले महिलालाई कसरी घेरेरका थिए भन्ने दृश्य भिडियोमा देख्न सकिन्छ । तीन व्हेलको घेराबन्दिबाट पनि निस्किन सफल भएकी ती महिलाको नाम जुडी रहेको छ। उनले केहि गरी पनि व्हेललाई आतंकित बनाएको भए उनी व्हेलको शिकार हुन सक्थिन् ।

एक अन्तर्वार्ताको क्रममा जुडी भन्छीन्,” पहिला मैले डल्फिनले घेरेको भन्ठानेको थिएँ । तर पछि थाहा भयो मलाई डल्फिनले नभई व्हेलले घेराका थिए । त्यस समयमा मलाई हल्का डर त लागेको थियो । तर डरलाई नियन्त्रणमा राखेर म त्यहाँबाट निक्लिन सफल भएँ ।”

भिडियो हेर्नुहोस्-