झन्डै ५ करोड बक्यौता उठाउन बाँकी हुँदै १७ वटा विदेशी एयरलाइन्स सम्पर्कविहीन

काठमाडौं, ७ चैत्र । नागरिक उड्डयन प्राधिकरणले बक्यौता उठाउन बाँकी हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालमा उडान रोकेका १७ वटा विदेशी एयरलाइन्स सम्पर्कबिहीन भएका छन् ।

ती एरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाउन बाँकी रहेको ४ करोड ८४ लाख रुपैयाँ उठाउन बाँकी हुँदै सम्पर्क बिहिन भएका हुन् ।

उक्त रकम उठाउन कडाइका साथ पहल पनि भएको छैन । नेपालका कार्यालय बन्द गरिसकेका ती विदेशी एयरलान्स सम्पर्कबिहीन छन् ।

बक्यौता रकम जहाज अवतरण (ल्यान्डिङ), पार्किङ, (विमान), एयर नेभिगेसज (सञ्चार तथा उड्डयन सहाय सेवा), विमानस्थल विकास शुल्क र घरभाडासहितको रकम रहेकाे जनाइएकाे छ ।