बजारमा आयो ४९ हजारमै पाइने मोटरसाइकल !

काठमाडौँ, ६ माघ । हिरो मोटोकर्पले ४९ हजार ६७ भारु मूल्यमै पाइने मोटरसाइकल लन्च गरेको छ ।

आफ्नो लोकप्रिय बाइक एचएफ डिलक्सले भारतीय बजारमा इन्टिग्रेटेड ब्रेकिङ सिष्टम फिचरको साथ नयाँ हिरो बाइक लञ्च गरेको हो ।

एचएफ डिलक्स कम्पनीले आइथ्रीएस आइडल स्टार्ट स्टप सिष्टम प्रविधिको साथ नयाँ बाइक ल्याएको हो । नयाँ प्रविधिको सहयोगले बाइकको माइलेज बढ्नुको साथै प्रदूषण उत्सर्जनमा कमी ल्याउछ ।

उक्त कम्पनीले ल्याएको नयाँ बाइकमा आइर्थीएस प्रविधिको बाइक पनि उपलब्ध रहेको छ । एतएफ डिलक्सले लञ्च गरेको बाइकमा आइबीएसको अलावा ठूलो ड्रम ब्रेक दिइएको छ ।

त्यसकारण ब्रेक लगाउँदा कम दुरीमा नै रोकिने छ । यसमा बाइकको इन्स्ट्रमेन्ट क्लस्टमा पनि परिवर्तन गरिएको छ । आईथ्रीइस प्रविधिको लागि क्लस्टरमा ब्लु लाइट, साइड स्ट्यान्ड वार्निङ लाइट र फ्युल गेजपनि राखिएको छ । यो बाइकमा ग्रीनका साथै हेभी ग्रे कलरमा उपलब्ध गराइएको छ । यसमा हिरो एचएफ डिलक्समा ९७.२ को सीसी , सिंगल सिलिण्डर राखिएको छ जसले ८.३६ बीएचपी पावर र ८.०५ एनएम टर्क जेनेरेट गर्छ ।

बाइकमा ४ स्पिड ट्रान्समिसन उपलब्ध रहेको छ । एचएफ डिलक्स आईथ्री एसको माइलेज ८८.२४ किलोमिटर प्रतिलिटर छ । सन् २०१९ लागेपछि हिरोले ल्याएको यो नयाँ बाइक हो । आगामी अप्रिल १ देखि लागू हुने गरेर सेफ्टी नम्र्सलाई ध्यानमा राखी कम्पनीले आइबिएस प्रविधि राखेको छ ।