बनेपामा होली खेल्ने क्रममा दुई समूहबीच कुटाकुट, एक युवाले बेहोस् हुने गरी कुटाइ खाए ! (भिडियोसहित)

काठमाडौँ, ६ चैत्र । बनेपामा होली खेल्ने क्रममा दुई समुहबीच कुटाकुट हुँदा २ जना घाईते भएका छन् ।

घाइतेमध्ये एक युवाको अवस्था भने निकै गम्भीर रहेको छ । घाइते युवाहरुको पहिचान खुल्न सकेको छैन ।

उक्त झगडामा संलग्न केही युवाहरुलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । होली खेल्ने क्रममा झगडा भएको भएपनि खास कारण के थियो भन्ने पुष्टी भएको छैन ।

थप जानकारीका लागि डिसी नेपालले तयार पारेको भिडियो हेर्नुहोस् –