दुई महिनाका लागि राजपा अध्यक्ष मण्डलको संयोजक बने शरतसिंह भण्डारी

काठमाडौं, ६ चैत । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी चुनिएका छन् ।

राजपाको हरेक दुई महिनामा संयोजक फेरिने प्रावधानअनुसार भण्डारी संयोजक बनेका हुन् ।

राजपा अध्यक्ष मण्डलको यही गत फागुन २९,३० र चैत १ गते बसेको बैठकले भण्डारीलाई चैत ६ देखि संयोजक बनाउने निर्णय गरेबमोजिम नेतृत्व दिइएको राजपाका महासचिव केशव झाले जानकारी दिए ।

विसं २०७४ वैशाख ७ गते विभिन्न मधेश केन्द्रीत राजनीतिक दल एकीकृत भई गठन भएको राजपामा अध्यक्ष मण्डलका सदस्य ६ जना छन् । उनीहरुमध्ये पालैपालो संयोजक बन्ने गरेका छन् । पार्टीका महाधिवशेनले नेतृत्व चयन गर्नेछ ।

आगामी वैशाख ७, ८ र ९ गते राजपाको पार्टी एकताको महाधिवेशन हुँदैछ ।