क्रान्तिमा सहयोग होस् भन्दै विप्लवका कार्यकर्तालाई खुकुरी उपहार !

काठमाडौँ , ६ चैत्र । नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेकपाका कार्यकर्तालाई भोजपुरे खुकुरी प्रदान गरिएको छ ।

सोमबार उदयपुरको कटारी नगरपालिका- १३ मयङ्खुमा पार्टी अभियानको समीक्षा कार्यक्रममा १९ कार्यकर्तालाई क्रान्तिमा सहयोगी सामानका रूपमा मायाको चिनोस्वरूप भोजपुरे खुकुरी उपहार दिईएको हो ।

सो अभियानमा सहभागी भएका ५२ जनामध्ये सामना परिवारका १२ र पार्टीका सातजना कार्यकर्तालाई भोजपुरे खुकुरी प्रदान गरिएको नेकपा उदयपुरले जनाएको छ ।

नेकपाका नेता सञ्जीवले अभियात्रीलाई मायाको चिनोस्वरूप भोजपुरे खुकुरी प्रदान गर्दै दलाल पुँजीवादी सत्ताप्रति जनताको विकर्षण बढेको र एकीकृत जनक्रान्ति सफलताको दिशातिर अघि बढेको बताए ।