रवि लामिछानेको चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासंग’ सरकारले बन्द गर्न सक्ने

काठमाडौँ । चर्चित पत्रकार रबि लामिछाने यति बेला फेरी विवादमा तानिएका छन । पछिल्लो समय उनले प्रचण्ड र विप्लवको विषयमा बोलेपछी पुर्व माओबादी नेता तथा कार्यकर्ता आक्रोशित भएका छन । उनीहरुले रबि लामिछानेलाई भौतिक कारबाही गर्ने देखि सिधा कुरा जनता कार्यक्रम बन्द गर्ने सम्मको धम्कि दिएका छन ।

विप्लव समुहले आफुलाई ज्यान मार्ने भनेर पहिलो नम्बरमा राखेको प्रचण्डले सार्बजनिक रुपमा बोलेपछि रविले सिधा कुरा जनतासंग कार्यक्रममा भनेका थिए – वा कमरेड जनताका छोरा मरेकोमा पिर परेन तर आफुलाई मार्छु भन्ने वित्तिकै विप्लव बल्ल तपाईको नजरमा लुटेरा भए ? जनताको धन र ज्यान असुरक्षित हुदा सम्म मतलव भएन तर आफुलाई मार्ने भो भनेपछि विप्लव माथि प्रतिबन्द !

प्रचण्डले आफ्नो छोरीलाई मेयर बनाएको र बुहारीलाई मन्त्रि बनाएको अनि आफ्नो र श्रीमतीको उपचार गर्न विदेश जाने गरेको पनि रविले कार्यक्रममा बोलेका थिए । प्रचण्डको विषयमा खरो बोलेको भन्दै पुर्व माओबादी नेता तथा कार्यकर्ताहरुले ज्यान मार्ने सम्मको धम्कि दिदै आएका छन ।