कपिलवस्तुमा ७० वर्षीय बृद्दको इट्टा प्रहार गरेर निर्मम हत्या

कपिलवस्तु, ६ चैत्र । कपिलवस्तुमा घरमा सुतिरहेका ७० वर्षीय वृद्धको निर्मम हत्या भएको छ । बुधबार बिहान ३ बजे इँटा प्रहार गरेर त्रिवेणी यादवको हत्या भएको प्रहरीले जनाएको छ ।

शिवराज नगरपालिका ६ पिपरी चोकस्थित गणपति पेट्रोल पम्प अगाडि आफ्नै घरमा सुतिरहेका ७० वर्षीय त्रिवेणी यादवको स्थानीय छेदी चौधरीले हत्या गरेका हुन्। हत्या के कारण गरे भन्ने अहिले खुलेको छैन । मृतकको टाउको र अनुहारमा चोट लागेको अवस्थामा प्रहरीले शव भेटेको थियो ।

मुचुल्का उठाउदै प्रहरीले घटनाको थप अनुसन्धान अगाडी बढाएको छ ।