नेपाली इन्जिनियर जस्ले बनाए काठकै साइकल; विश्वलाई पारे चकित (भिडियो हेर्नुहोस)

काठमाडौँ । काठबाट साइकल बनाएर मणि हर्क राईले ठुला ठुला इन्जिनियरलाई मात दिएका छन । उनले आफै तयार पारेको काठको साइकल चलाएर बाटोमा हिड्दा सबै हेरेको हेरै पर्छन। उनी काठका मिस्त्री हुन ।

आजभन्दा ३३ बर्ष अघि उनीसँग भएको फलामको साइकल हरायो। नयाँ साइकल किन्ने उनीसँग पैसा थिएन । त्यसपछि उनले आफुले जानेको सीपलाई प्रयोग गरि काठको साइकल बनाए। जसले बाजार आउँन जान निकै सहज बन्यो । उनलाई साइकल बनाउन धेरैले माग गरे तर राईले बनाएनन ।

पछि उनी रोजगारका लागि विदेश गए । त्यहाँबाट धेरै सिप सिकेर स्वदेश फर्किए । उनलाई अझै धेरै नयाँ वस्तुहरु बनाउने इच्छा छ । ६ कक्षामात्र पास गरेका उनको दिमागले हेलिकप्टर जस्ता उड्ने चिज बानाउने कल्पना गर्छ ।

उनी भन्छन, ‘अबसर र ज्ञान पाए म अझै धेरै आविष्कार गर्थे, मेरो कला देखेर सबैले जापानमा जन्मिनुपर्ने मान्छे भन्छन ।’ उनले साइकल देखि आगो फुक्ने औजार, धान झार्ने मेसिन आदि बनाएका छन । उनको भविष्यमा एउटा संग्रालय नै खोल्ने सपना छ । हेर्नुहोस भिडियो: