नेपाल आइडल टप ५ वर्ल्ड टुर : जापानमा यसरी खुशी साट्दै (फोटो फिचर)

काठमाडौँ, १८ पुष । नेपाल आइडल सिजन -२ का बिजेता रबि ओड लागायत टप ५ फाइनलिस्टहरु अहिले वर्ल्ड टुर अन्तर्गत जापानमा पुगेका छन् ।

नेपाल आइडल सिजन- २ का ५ प्रतियोगीहरु रबि ओड, बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी र अमित बराल ३१ डिसेम्बर २०१८ मा जापान उडेका हुन् ।

जापान पुगे संगै थर्ड रनरअप अस्मिता अधिकारीले अफ्नो फेसबुकमार्फत केहि तस्विर सेयर गरेकी छिन् ।

तस्विरमा आइडलकी होस्ट रिमा विश्वकर्मा, अस्मिता अधिकारी, रबि ओड, सुमित पाठक र अमित बराल देखिएका छन् । तस्विरमा सबैजना निकै खुसि देखिएका छन् ।

तस्बिर हेर्नुहोस् :