प्रचण्डलाई अमेरिकी अदालतमा उजुरी गर्ने तिलक श्रेष्ठ उल्टो जेल पर्ने सम्भावना

काठमाडौं। आफ्नो पत्नी सिता दाहालको उपचारार्थ पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यति बेला अमेरिकामा छन । उनि अमेरिका गएका बेला अमेरिकामा बस्दै आएका तिलक श्रेष्ठले उनि विरुद्द युद्ध अपराध गरेको भन्दै उजुरी गरेका थिए ।

तर, अमेरिकामा रहेका नेपाली पत्रकार किशोर पन्थीले प्रचण्डलाई अमेरिकी सरकारले पक्राउ नगर्ने स्पष्ट गरे । पन्थीका अनुसार बरु उजुरी दिने व्यक्तिमाथि उल्टो कारबाही हुन सक्छ । एफबीआईकै सेक्युरिटी क्लियरेन्सपछि भिसा प्राप्त गरेर अमेरिका आएका प्रचण्डविरुद्ध एफबीआईमा उजुरी हालेको भन्दै बकबास गर्नुको कुनै अर्थ नरहेको पन्थीले बताए ।

उनका अनुसार अमेरिकामा कसैले संघीय कानुनको उल्लंघन गरेको आशंका लागेमा, आतंककारी वा आपराधिक गतिविधि गरेको आशंका लागेमा जोकोही सर्वसाधारणले पनि एफबीआईमा अनलाइन वा पत्रमार्फत टिप्स दिन सक्छन् । तर गलत नियतवश कसैको विरुद्ध उजुरी दिँदा युएस कोड सेक्सन १००१ को टाइटल १८ अनुसार उजुरी दिने व्यक्तिलाई नै जेल, जरिवाना वा दुवै सजाय हुनसक्छ ।

त्यसैले तिलक श्रेष्ठलाई अमेरिकी कानूनअनुसार पक्राउ गरी जेल हाल्न सक्ने सम्भावना रहेको पत्रकार पन्थीले बताए ।