टुबोर्ग बियरको बोतलभित्र भेटियो झिँगा र सिँगान !

काठमाडौं, ५ चैत्र । गोर्खा ब्रुअरीले बजारमा ल्याउने गरेको मल्टिनेसनल टुबोर्ग बियरमा झिंगा र सिंगान भेटिएको छ ।

हेटौंडाको बसपार्कस्थित रोशन होटलमा स्थानीय अरुण पन्तले खरिद गरेको टुबोर्गको बोतलभित्र झिँगा र सिँगान जस्तो पदार्थ भेटिएको हो ।

जौको भनेर कोदोको हो वा केके वस्तुबाट बियर उत्पादन गर्ने कम्पनीले उत्पादन गरेको बियरको बोतल भित्र यस्तो फोहोर फेला परेपछि ती उपभोक्ताले त्यो बियरको बिर्को नखोली राखेका छन् ।

पन्तले भने, ‘बियर कम्पनीहरुले उपभोक्ता लुट्नुसम्म लुट्छन भन्ने सुनेको थिएँ । त्यस्तो लुटेपछि गुणस्तरमा अलिकति त ध्यान दिनु नी ।’

पन्तसँग भएको बियर सन् २०१७ मा उत्पादन भएको उल्लेख छ । टुबोर्गले आफ्नो उत्पादन गुणस्तरीय हुने, विश्वका कैयन मुलुकमा उत्पादन पनि हुने भनेर प्रचार प्रसार गर्छ । तर नेपाल सानो र गरिब मुलुक भएकै कारण यस्तो लापरबाही कम्पनीले गरेको अनुमान गरिएको छ ।

नेपालमा जसले जे गर्दा पनि कानुन नलाग्ने, कदाचित लागि हाले पनि सेटिङमा उम्किन मिल्ने भएकोले मल्टि नेसनल कम्पनीका उत्पादनमा पनि लापरबाही हुँदै आएको छ । नेपालीहरुलाई जुस्तो खुवाए, पियाए पनि फरक नपर्ने सोच धेरैमा छ ।