शुकदेवलाई शहीद घोषणा गर्न माग

रुपन्देही, ५ चैत। राणाकालमा मारिएका शुकदेव गुरुङलाई शहीद घोषणा गर्न माग गरिएको छ । शुकदेव गुरुङ राष्ट्रिय कार्यदलले आज बुटवलमा पत्रकार सम्मेलन गरी शहीद घोषणा गर्न माग गरेको हो ।

राणाशासन विरोधी आन्दोलनका क्रममा जेलमै मारिएका गुरुङलाई सरकारले अहिलेसम्म शहीद घोषणा नगरेर अन्याय गरेको कार्यदललका प्रवक्ता धनबहादुर गुरुङले बताउनुभयो । राणा विरोधी आन्दोलनका क्रममा १८ वर्ष कारागार जीवन बिताएका गुरुङ विसं १९३३ चैत १० गते जेलभित्रै मारिनुभएको थियो । शुकदेवलाई विगतदेखि नै शहीद घोषणाको माग गर्दै आएको र प्रदेशसभा बैठकमा सांसदहरुले समेत यो विषय उठाए पनि सरकारले बेवास्ता गरेको गुरुङले गुनासो गर्नुभयो ।

कार्यक्रममा हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का जिल्ला अध्यक्ष बिमला गुरुङले देश परिवर्तनमा योगदान दिनुभएका शुकदेवलाई तत्काल शहीद घोषणा गर्न माग गर्नुभयो । रासस