सलमानको खुलासा भन्छन संजय दत्तका कारण अहिलेसम्म मेरो बिहे हुन् सकेन

एजेन्सी । बलिउड चर्चित अभिनेता सलमान खानले आफ्नो विवाह संजय दत्तका कारण हुन नसकेको बताएका छन् । यो कुराको खुलासा कमेडियन कपिल शर्माको शो कपिल शर्मा सो सिजन टुमा गरेका हुन् । कार्यक्रमको एउटा क्लिप सार्वजनिक भइरहेको छ जसमा सलमान खानले संजय दत्तका कारण आफ्नो अहिलेसम्म विवाह हुन नसकेको बताइरहेका छन् ।

उक्त कार्यक्रममा सलमानले कपिललाई एउटा किस्सा सुनाइरहेको देखिन्छन् । उनले भनिरहेका छन्, ‘एकपटक सञ्जु बाबाले मलाई विवाह गर्नुपर्छ भनेर सम्झाइरहेका थिए । त्यतिबेला उनको फोनको घण्टी बज्यो र उनी एक सेकेन्ड भनेर त्यहाँबाट गए । त्यसपछि मलाई थाहा भयो कि विवाह गर्नु कति गाह्रो छ ।’

सलमानको यो भनाइ सुनेर कपिल उपस्थित दर्शक पेट मिँची मिँचीहासिरहेको देखिन्छ ।कपिल शर्माको शो सोनी टेलिभिजनमा सुरु भइसकेको छ जुन शनिबार–आइतबार राती साढे ९ बजे हेर्न सकिन्छ । उनको यो यो शो आएसँगै उका फ्यानहरु अत्यन्तै खुसी भएका छन् ।