ड्रोन क्यामेरा उडाउने भटाभट प्रहरी नियन्त्रणमा, भक्तपुरबाट पुन पक्राउ परे ३ युवा !

काठमाडौँ, १८ पुस । केहि दिन अगाडी बिना अनुमति ड्रोन क्यामेरा उडाएको भन्दै ललितपुरको लगनखेलबाट ३ जना पक्राउ परेका थिए । यस्तै भक्तपुरको घ्याम्पे डाँडाबाट पनि ड्रोन क्यामेरा उडाउने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार भक्तपुरको सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडामा ड्रोन क्यामेरा उडाउने सिराहा धनगढी नगरपालिका–२ घर भई हाल काठमाडौं कोटेश्वर बस्दै एक २४ वर्षीय सन्देश लुईटेलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट एउटा ड्रोन क्यामेरा र ड्रोन क्यामेरा चलाउने पाना रिपोर्ट बरामद गरिएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ।

तिनैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धन गर्ने क्रम जारी रहेको छ।