सरकारको प्रतिबन्धले झन् जाग्यो विप्लव, सशस्त्र द्वन्द्वकै झल्को दिने गरी गाउँगाउँमा ‘जनसरकार’ गठन गर्न शुरु !

काठमाडौं, ५ चैत्र । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दाङमा ‘समानान्तर सरकार’का रूपमा ‘जनसरकार’ बनाउन थालेको छ ।

विप्लवले दस वर्षे सशस्त्र द्वन्द्वकै झल्को दिने गरी गाउँगाउँमा ‘जनसरकार’ बनाउन थालेको हो ।

‘जनकारबाही’ लाई पनि ब्युँताएको विप्लव समूहले ‘जनसत्ता’ भन्दै गठन गरेका जनसरकारलाई राज्यसत्तालाई निगरानीको बलियो शक्तिका रूपमा प्रयोग गरिरहेको जनाएको छ ।

जिल्ला तहदेखि स्थानीय तहका वडासम्मै जनसकार गठन गरिएको जिल्ला जसरकार प्रमुख भगवानदास चौधरीले जानकारी दिए ।