कर्मचारी समायोजन अध्यादेश संसदद्वारा स्वीकृत
काठमाडौं, १८ पुस । प्रतिनिधिसभाको मंगलबारको बैठकले कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको छ ।
संसद गगन थापाले अध्यादेश विरुद्धमा अस्वीकारको प्रस्ताव राखेको भए पनि उनको प्रस्तावमाथि ध्वनीमतका आधारमा मतदान हुँदा बहुमतले अस्वीकृत भएको थियो ।
उनको प्रस्तावको पक्षमा कांग्रेसका सांसदहरू नै देखिएनन् । उनीहरू एक अर्कालाई मुखामुख मात्रै गरेका थिए ।
सरकारले ल्याएको अध्यादेश संसद् बसेको मितिले ६० दिनभित्र प्रतिस्थापन विधेयक दर्ता गर्नुपर्दछ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधानको व्यवस्थाबमोजिम नै कर्मचारी अध्यादेश ल्याएको बताए । उनले यो अध्यादेशले कर्मचारीको वृत्ति विकास नरोक्ने बताए ।