मलेसियामा यौन कर्ममा नेपाली युवतीहरुको उच्च संलग्नता, डिल गर्ने र ग्राहक खोज्ने पनि नेपाली नै !

काठमाडौँ, ४ चैत्र । मलेसियाका विभिन्न शहरमा रहेका रेडलाइट एरियाका मसाज सेन्टर, पव र बारमा कार्यरत नेपाली युवतीहरुको संख्या बढ्न थालेको तथ्यांकले देखाएको छ ।

मलेसिया यौन जन्य क्रियाकलापको विषयमा खुला रहेको हुँदा यो संख्या बढेको तथ्यांकले देखाएको हो ।

अवैधानिक र वैधानिक दुवै बाटो प्रयोग गरेर मलेसिया पुगी नेपाली युवतीहरु यौन जन्य क्रियाकलापमा संलग्न हुने गरेको मलेसियामा रहने नेपालीहरु बताउँछन् ।

यस्ता कार्यहरु विमानस्थल वरपर रहेका मलेसियाका होटल, युवतीका बासस्थान लगायतमा हुने गरेका छन् ।

यौन कर्ममा लाग्ने र लगाउनेहरू नेपाली बाटो नभई भारतको नयाँ दिल्लीबाट मलेसिया पुग्ने गरेका छन् । यसरी नेपाली युवतीहरुलाई ग्राहक उपलब्ध गराउन ट्याक्सी चालक नेपालीहरुले बिचौलियाको काम गर्ने गरेको तथ्यहरु प्राप्त भएका छन् ।

बिचौलियाहरुले नेपाली युवतीहरुको लागि मात्र नभई इन्डोनेशीयन, भियतनामी, भारतीय लगायत युवतीहरुको लागि समेत ग्राहक खोज्ने काम गर्ने गरेका छन् ।