यसकारण मौसममा आयो अचानक बदलाव, आजदेखि ३ दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

काठमाडौँ, ४ चैत्र । आज अपरान्हदेखि काठमाडौं उपत्यकाको मौसममा अचानक बदली आएको छ ।

पश्चिमी वायुको प्रभाव र प्रि मनसुन सुरु हुन लागेकाले दिउसो देखि उपत्यकको तापक्रममा अचानक बदलाव आएको हो ।

जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार आजदेखि बुधबारसम्म मेघ गर्जन सहित काठमाडौं उपत्यकालगायत देशका पहाडि भूभागमा हलका पानी पर्ने संभावना रहेको छ ।

आज देशको पूर्वी भागमा हल्का बर्षा हुने, भोली पश्चिमी क्षेत्रमा हलका बर्षा हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।