कलाकार नाजिर हुसेनलाई सिनेमा क्षेत्र नछोडे गोलि ठोकेर मार्ने धम्की, आखिर को हुन् त्यस्तो धम्कि दिने व्यक्ति !

काठमाडौँ, ४ चैत्र । चर्चित अभिनेता नाजिर हुसेन चैत्र ८ मा प्रदर्शनको तयारीमा रहेको चलचित्र कागज पत्रको प्रचार प्रसारमा व्यस्त रहेका बेला उनलाई ज्यान मार्ने धम्कि आएको छ ।

धर्मकै नाममा आएको धम्कीमा उनले यदि सिनेमा क्षेत्र छोडेर नगएमा गोलि ठोक्ने सम्मको धम्कीको कारण खुलम खुल्ला हिँडन पनि कठिन भएको उनले बताएका छन् ।

धम्कीको बारेमा प्रहरीमा उजुरी दिएको भए पनि विदेशमा जस्तो साईबर क्राईम सम्बन्धि कडा नियम नभएकोले आफुले न्याय पाउनेमा उनि विस्वस्त छैनन् ।

अन्य देशमा सेलिब्रेटीको फेक अकाउन्ट खोल्दा पनि सजाय भोग्नु पर्ने र नेपालमा भने खुलम खुला त्यस्ता अकाउन्ट बनाएर कलाकारको बेईजतसम्म गर्दा पनि कारवाहीको दायरामा ल्याउन नसक्नुमा उनको दुखेसो छ ।

धम्कि कसले दियो र किन दियो भन्ने कारण अझै खुल्न सकेको छैन । केहि समय अघि नाजिरले इन्स्टाग्राम अकाउन्टमा राखेको एक फोटोमा मुस्लिम भएकै कारणले विभिन्न नकारात्मक प्रतिक्रियाहरु आएका थिए । जसको कारण मिडियामा निकै चित्त दुखाएका थिए ।

गत माघमा प्रदर्शनमा आएको चलचित्र ‘गरुड पुराण’मा उनले हिन्दु परम्परामा रहेर अभिनय गरेकोमा विपक्षीहरुले अभिनयकै पनि विरोध गरेका थिए ।

नाजिर अभिनित चलचित्र ‘कागज पत्र’की नायिका शिल्पा मास्केले पनि आफ्नो अकाउन्टमा यस्तै यस्तै नकारात्मक र अस्लिल कमेन्टहरु आउन थालेपछि कमेन्ट गर्न नमिल्ने बनाएको बताईन ।