काठमाडौं आउँदै गरेको इत्तिहाद एयरको जहाज ठुलो दुर्घटना हुनबाट बच्यो, ३३ हजार फिटको उचाइमा रहेको इतिहादको जहाज र एयर फ्रान्सको जहाज केहि सेकेन्डले मात्रै ठोक्किनबाट जोगिए !

काठमाडौं, ४ चैत । काठमाडौ आउँदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० ठूलो दुर्घटनाबाट जोगिएको छ ।

काठमाडौ आउँदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० र भियतनामको राजधानी हो चि मिन्हबाट पेरिस जाँदै गरेको एयर फ्रान्सको बोइङ ७७७ मुम्बईको आकाशमा झण्डै जुधेका हुन् ।

टाइम्स अफ इण्डियाका अनुसार गत शुक्रबार स्थानीय समय अनुसार १ः४० बजे मुम्बइको एयर ट्राफिक कन्ट्रोलले काठमाडौ आउने क्रममा रहेको इत्तिहादको जहाजलाई ३३ हजार फिट माथि उडाउन आदेश दियो । उचाई लिने क्रममा सो जहाज अर्को दिशाबाट आइरहेको एयर फ्रान्सको जहाजसँग आमने–सामने भएको थियो ।

‘दुई जहाज तीन नटिकल माईल, अर्थात केहि सेकेण्ड मात्र एक अर्काबाट टाढा थिए ।’ दुबै जहाजका पाइलटको सतर्कताका कारण मात्र जहाज हावामै ठोकिनबाट जोगिएका थिए ।

भारत र पाकिस्तानका वायुसेनाबीच विवादस्पद कस्मिरमा केहि समयअघि हानाहान भएपछि पाकिस्तानले आफ्नो आकाशमा अन्तर्रािष्ट्रय जहाज उड्न प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्धले नेपाल तथा पुर्वी एसिया जाने सबै जहाजहरु हिन्द महासागर हुँदै भारतको आकाश भएर उडिरहेका छन् । त्यसले मुम्बई लगायतका केहि भारतीय सहरमाथिका आकाशमा जहाजहरुको भीडभाड भएको छ ।