गत बर्ष मात्रै टेस्ट मान्यता पाएको अफगानिस्तानले रच्यो अर्को इतिहास

एजेन्सी, ४ चैत्र । गत वर्ष मात्रै टेस्ट राष्ट्रको मान्यता पाएको अफिगानिस्तानले फेरी अर्को इतिहास रचेको छ ।

भारतको देहरादुनमा भएको आयरल्याण्डसँगको सिरिजका क्रममा सोमबार पहिजो जित निकाल्दै अफगानिस्तानले टेस्ट खेलमा ७ विकेटको जित निकालेको हो ।

पहिलो इनिङमा आयरल्याण्डलाई १७२ रनमा रोकेको अफगानिस्तानले आफ्नो पहिलो इनिङमा रेहमद शाहको ९८ रनको मद्दतले ३१४ रन बनाएको थियो ।

दोस्रो पारीमा लेग स्पिनर रसिद खानले पाँच विकेट लिएपछि आयरल्याण्ड २८८ रनमा अलआउट भइ अफगानिस्तानलाई १४७ रनको लक्ष्य दिएको थियो । अफगानिस्तानले उक्त लक्ष्य तीन विकेट गुमाएर भेट्टायो ।

यो जितसँगै अफगानिस्तानले आफूलाई दोस्रो खेलमै टेस्ट जित्ने टोलीमा उभ्याएको छ ।

सन् १८७७ मार्चमा इंग्ल्याण्ड र अष्ट्रेलियाबीच भएको पहिलो टेस्ट म्याचमा अष्ट्रेलियाले जित निकालेको छ। पहिलो टेस्ट खेलमै विजयको रेकर्ड अझै पनि अष्ट्रेलियाकै नाममै कायमै छ ।