काठमाडौं फेरी गयो भूकम्प !

काठमाडौं, ४ चैत्र । काठमाडौंमा भर्खरै भूकम्पको धक्का महसुस भएको छ ।

विहान ९ बजेर २ मिनेटमा काठमाडौंमा भूकक्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मकवानपुरको सोमबार बिहान चित्लाङलाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको परकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले यी दुवै धक्का २०७२ सालको भूकम्पको परकम्प रहेको बताएको छ ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलब ८ रेक्टर स्केलको भूकम्प पश्चात लगातर परकम्प महसुस गर्ने गरिएको छ ।