विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको विनिमय दर (सुचिसहित)

काठमाडौँ, ४ चैत्र । नेपाली बजारमा साताको दोस्रो दिना आज सोमबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य ओरालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ २५ पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ८५ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४६ रुपैयाँ ६२ पैसा, १ सय ४७ रुपैयाँ ४२ पैसा रहेको छ । युएई दिराम १ को खरिददर ३० रुपैयाँ २ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १८ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५६ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तालिकामा हेर्नुहोस्-