हे फुर्सदिला “तिमीहरु” हो भन्दै रबि लामिछानेले दिए अर्को कडा जवाफ !

काठमाडौं, ३ चैत । चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने यतिबेला विवादमा तानिएका छन् । पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विषयमा चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मा बोलेपछि उनी विवादमा आएका हुन् ।

प्रचण्डले ज्यानको सुरक्षा नभएको कुरा बोलेको विषयलाई जोडेर आफ्नो कार्यक्रममा कडा धारणा राखेका रबि लामिछानेलाई पुर्व माओबादी कार्यकर्ताले निसाना बनाएका छन ।

नेत्रविक्रम चन्द विप्लवले आफूलाई पहिलो नम्बरमा मार्ने माइन्यूट तयार गरेको कुरा सरकारमार्फत प्रचण्डले सार्वजनिक गरेका थिए । यसबारे पत्रकार लामिछानेले कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मा भनेका थिए, ‘वाह कमरेड ! जनताका छोरा मरेकोमा पीर परेन, तर आफूलाई मार्छु भन्दा बल्ल विप्लवमाथि प्रतिबन्ध ?’

आफुले बोलेको कुरा नबुझी गलत टिप्पणी गरेको भन्दै पत्रकार रबि लामिछानेले पुन: जवाफ फर्काएका छन । उनको जवाफ यस्तो छ :

‘मैले कहिले पनि, कोही मर्नु पर्छ वा कोही मरे पनि फरक पर्दैन भनेको छैन । हे फुर्सदिला ‘तिमीहरु’ हो, बेकारमा आफ्ना नेतालाई किन गाली खुवाउन लागिपर्छौ ? बोलेको हेर, सुन । कुरा नबुझे, बुझ्नेलाई अथ्र्याउन लगाऊ, सोध ।…. हुन्न ?’