भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले थपे नामका अघि चौकीदार !

एजेन्सी, ३ चैत्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो नामका अघि चौकीदार थपेका छन् ।

प्रधानमन्त्री मोदीसहित भारतीय जनता पार्टीका अधिकांश नेताले नामका अघि चौकीदार राखेका हुन् ।

मोदी आफूलाई देशको प्रधानमन्त्री नभई प्रधान चौकिदार भएको बताउँदै आएका छन् ।

प्रमुख प्रतिपक्षी कंग्रेसका अध्यक्ष राहुल गान्धीले केही साताअघि त्यसलाई लक्षित गर्दै ‘चौकीदार चोर हो’ भनेका थिए ।

भाजपाको चुनावलक्षित ‘म पनि चौकीदार अभियान’ मार्च ३१ देखि सुरू हुँदैछ ।

भारतमा लोकसभाका लागि अप्रिल ११ देखि चुनाव हुँदैछ ।