भाईरल सेकुरिटीवाली हेमा राईको कोठामा पुग्दा..छोरीको काम प्रति आमा खुसि (भिडियो)

काठमाडौँ। पछिल्लो समय सेकुरिटीवाली भनेर चिनिने हेमा राई पहिलो म्युजिक भिडियो पनि खेली सकेकी छिन्।

धरानकी २२ बर्षिया हेमा राई आमा र बहिनिसंग बसेकी छिन् । हेमाले नै आमा र बहिनिलाई हेरिरहेकी छिन् । उनको साहस निडरता,र संघर्षशीलता का कारण उनि चर्चामा आए ।

साधारण परिवारमा जन्मेकी उनि परिवारको दुखलाई आत्मा साथ गर्न १० कक्षामा अध्ययन गर्दा गर्दै वैदेशिक रोजगारको लागि ईराक पुगेकी थिइन् । त्यसपछि फर्केर उनले सेकुरिटी गार्ड गर्दै आएकी छिन्। उनको शाहस हिम्मतलाई आत्मासाथ गर्न सहयोगी  मन भएका व्यक्तिहरुले उनलाई सहयोग गर्न थालेका छन् । त्यस्तै पहिलो पटक हेमा संग कुराकानी गर्ने क्रममा नया-नया न्युज नेपालका शिशिर भण्डारीले रु पाच हजार सहयोग गरेका थिए । भने फेरी पनि स-परिवार सहित कुराकानी गर्ने क्रममा देश तथा विदेशबाट गरेको सहयोग रकम र आफ्नो युट्युबको केहि कमाई जम्मा ५० हजार रुपैया हेमाको आमा बलमाया राईलाई उपचारका निम्ति दिएका छन् । हेमाका आमालाई प्यारालाइस भएको छ ।