महिला साफ : समूह ‘बी’को विजेताका लागि आज भारत र श्रीलंका भिड्दै

विराटनगर, ३ चैत्र । महिला साफ च्याम्पियनशीपमा आज समूह ‘बी’को विजेताका लागि प्रतिस्पर्धा हुँदैछ ।

विराटनगरको शहीद रंगशालामा आज अपराह्न हुने खेलमा भारत र श्रीलंका भिड्दैछन् । आज हुने खेलले नेपालको प्रतिद्वन्द्वीको टुंगो लाग्नेछ ।

भारतले यसअघि माल्भिसलाई ६-० को गोल अन्तरले पराजित गरेको थियो भने श्रीलंकाले माल्भ्सिलाई दुई शून्यले हराएको थियो ।

दुई खेलमा लगातार पराजित भएपछि माल्दिभ्स बाहिरिएसँगै दुवै सेमिफाइलनमा प्रवेश गरिसकेका छन् ।

आजको विजेताले सेमिफाइनलमा बंगलादेशसँग खेल्नेछ भने उपविजेताले नेपालसँग प्रतिस्पर्धा गर्नेछ । दुवै टिमको हेड टु हेड हेर्दा भारतले हालसम्म श्रीलंकामाथि जित निकालेको छ ।