युवा पपगायक सविन लामाले सार्बजनिक गरे ‘लै बरी, लै बरी’ (भिडियो सहित)

काठमाडौं, २ चैत्र । युवापुस्तामाझ लोकप्रिय बनेका युवा पप गायक सविन लामाको ‘लै बरी लै बरी’ बोलको पप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

ओएसआर डिजिटल म्युजिक कम्पनीले बजारमा ल्याएको म्युजिक भिडियोलाई उसकै युट्युब
च्यानलमार्फत सार्वजनिक भएको हो ।

गायक सविन लामाकै शब्द तथा संगीत सिर्जनामा तयार भएको ‘लै बरी लै बरी’ पप गीतको म्युजिक भिडियोमा सुजन खत्री र अनिता थिङलाई फिचर्ड गरिएको छ ।

राजकुमार मगरद्वारा सम्पादित उक्त पप गीतमा देशमा भइरहेको युवा पिँढीकाे अवस्थालाई गीत मार्फत देखाइएको छ ।

भिडियो हेर्नुहोस्-