जुम्ल्याहा दिदिबहिनी प्रिन्सा र प्रिज्माको भाद्रगोलमा बबाल अभिनय ! (भिडियोसहित)

काठमाडौँ, २ चैत्र । चर्चित नेपाली हास्य टेलिसिरियल ‘भद्रगोल’ एक कमेडी मात्र नभएर सामाजिक सन्देश दिने सिरियल हो । नेपालमा अत्यधिक रुचाइएको सिरियलमध्ये यो पनि एक हो । जुन नेपाल टेलिभिजनद्वारा प्रत्येक शुक्रबार हप्ताको एक पटक आउने गर्छ । भने मिडिया हबको युट्युब च्यानलमा प्रसारण हुने गर्दछ ।

हिंजो प्रशारण भएको भद्रगोलको २०२ भागमा टिकटकबाट भाइरल भएका जुम्ल्याहा दिदीबहिनी प्रिन्सा र प्रिज्मा पनि आएका थिए । त्यसैगरी कलाकार तथा पत्रकार शिशिर भण्डारी पनि जुम्ल्याहा दिदीबहिनीको दाइको भूमिकामा देखा परेका थियो ।

बले, कक्रोच, खुपिको बाउ, बलेको बाउ, प्रिन्सा – प्रिज्मा र शिशिर भण्डारीलाई मात्रै देखाइएको हिजो प्रसारण भएको भद्रगोलको २०२औं शृंखला हेर्नुहोस्।