नेपालमै पहिलोपटक हवाईजहाजबाट जन्ती लगियो, नगेन्द्र थापाले आफ्नो छोराको विवाहको लागि दुई वटा प्लेन चार्टर गरे !

काठमाडौं, ३० फागुन । नेपालमा जन्ती जाँदा बस, कार रिजर्भ गरेर जाने चलन सामान्य बनिसकेको छ । तर महालक्ष्मी नगरपालिका ९ का नगेन्द्र थापाले आफ्नो भने छोरा दिनेशको विवाहका क्रममा ६९ जना जन्तीलाई दुई वटा हजाईजहाज चार्टर गरेका छन् ।

थापाले गाउँका ज्येष्ठ नागरिकहरुलाई काठमाडौँ भ्रमण गराउने मुख्य उद्देश्यले जन्तीको रूपमा प्लेन चार्टर गरेका हुन् ।

६९ जना जन्ती मध्ये पहिलो पटक काठमाडौँ जाने ४० जना ज्येष्ठ नागरिक थिए । थापाले विराटनगरबाट काठमाडौँ गएर साँझ पुनः बुद्ध र सिम्रिक एयर चार्टर गरेर हवाईजहाजमा जन्ती विराटनगर आएको बताए ।

नगेन्द्र थापा आफ्ना छोरा दिनेश र काठमाडौँ निवासी बुहारी प्रज्ञा सुवेदी सहित जहाजबाट बुधवार राति नै जीतपुर फर्किएका थिए ।

थापाको अनुसार दुबैतर्फ आउने-जाने चार्टर गर्दा ७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । पहिलोपटक हवाईजहाजमा काठमाडौँ आउन पाउदा सबै ज्येष्ठ नागरिकहरु निकै दङ्ग परेको थापाले बताए ।