लमजुङमा विद्यार्थीबीच खुकुरी हानाहान, एक जना घाइते, ४ जना पक्राउ

लमजुङ । लमजुङमा विद्यार्थीहरुबीच खुकुरी हानाहान भएको छ । लमजुङको बेसीशहर नगरपालिका ३ स्थित लमजुङ माविका विद्यार्थीहरुबीच झगडा हुदा एक जना घाइते भएका छन्। सामान्य विवादका कारण झगडा सुरु भएको थियो ।

त्यहि विधालयका विद्यार्थी सञ्जीव तामाङको ४ जनाको समुहले कक्षा १० मा अध्ययनरत बिष्णुप्रसाद देउजामामाथि खुकुरी प्रहार गरेको थियो ।  देउजाको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ । घाइते देउजाको लमजुङ सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका काठमाडौं लगिएको छ ।

देउजामाथि खुकुरी प्रहार गर्ने तामाङ समुहको ४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।