ठेलामा मःमः बेच्दै हिड्ने गायक पौडेलले सार्बजनिक गरे ‘साला काठमाडौंमा’ बोलको गीत (भिडियोसहित)

काठमाडौं, १८ पुस । आफ्नो सपना पुरा गर्न धेरै जना सुदुर गाउँबाट काठमाडौं आउने गर्छन् तर यहाँ आइसकेपछि सुदुर गाउँमा बसेर सोचे जस्तो काठमाडौं भेट्टाउँदैनन् र त अनेक दुख भोग्नु पर्छ हण्डर खेप्नु पर्छ ।

यस्तै गायक बन्ने सपना बोकेर काठमाडौं छिरेका कपिल पौडेल यतिबेला बानेश्वर चोकमा ठेलामा मम बेच्दै आएका छन् । तथापि उनले मम बेच्दै पनि आफ्नो गायक बन्ने सपनालाई तुहाउन दिएका छैनन् । त्यसैले त भर्खरै सार्बजनिक गरेका छन् ‘साला काठमाडौंमा’ बोलको गीत ।

उनले यो गीत युट्युव मार्फत सार्वजनिक गरेका हुन् । उनले यो गितमा ठुला सपना पूरा गर्न र सार्थक जीवनको खोजि गर्दा काठमाडौंमा युवाहरुले भोग्नु परेको ब्यथालाई स्पष्ट व्यक्त गरेका छन् ।

गीतमा पौडेल आँफैले संगीत भरेका छन् भने शिसिर भण्डारी र स्मारिका खनाललाई फिचरिङ गरिएको छ ।

भिडियो हेर्नुहोस् :